डीपीएलको पुरस्कार राशी बढ्यो


काठमाडौं, (नेस)
रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० को तेस्रो संस्करणको कुल राशीको पुरस्कार रकम ६० लाख रहेकोे छ। विजेताले गत संस्करणको भन्दा ५ लाख बढी यानि ३० लाख नगद पुरस्कार पाउनेछ। धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ २६ गतेदेखि फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा दोस्रो हुनेले १२ लाख प्राप्त गर्नेछ। त्यस्तै तेस्रो र चौथोले क्रमशः ४ लाख र २ लाख नगद हासिल गर्नेछन्।

रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपियाँ लागत खर्च हुने आयोजकको अनुमान गरेको छ। पहिलो संस्करणको बजेट १ करोड ८२ लाख र कुल पुरस्कार २८ लाख ५० हजार रुपियाँ थियो। यस्तै दोस्रो संस्करणमा करिब ३ करोडको खर्च हुँदा विजेतालाई २५ लाख दिइएको थियोे। जसमा त्यतिबेला कुल पुरस्कार राशी ५० लाख रहेको थियो।