सुजुकी स्कुटरमा भ्यालेन्टाइन अफर

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि सुजुकी दुई पांग्रेको अधिकृत विक्रेता भिजी अटोमोबाइल्स प्रालिले सुजुकी स्कुटरको खरिदमा नगद छुट अफर ल्याएको छ। सुजकीले भ्यालेन्टाइन्स्लाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार यो योजना फेब्रुअरी ५ तारिखदेखि १४ तारिखसम्म सुजकी बाइकका ७८ ठाउँमा रहेको शोरुममा उपलब्ध हुनेछ। योजना अवधिभर सुजुुकीको स्कुटर खरिद गर्दा नगद १० हजार छुट पाइनेछ। साथै सुजुकीका हरेक स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।