कुम्भ मेलामा दशौं लाख भक्तजन


नयाँदिल्ली, (एजेन्सी)
भारतको कुम्भ मेलामा दशौं लाख भक्तजनले पवित्र स्नान गरेका छन्। तिनीहरूले गंगा र यमुना नदीको दोभानमा स्नान गरेका हुन्। संसारकै सबैभन्दा ठूला संख्यामा मानिसहरूको भेला रहने कार्यक्रमको छ दिनमध्येको सोमबारको स्नान सबैभन्दा बढी महŒवपूर्ण रहेको बताइएको छ। हिन्दूहरू नदीमा स्नान गर्दा आफूहरू पापबाट मुक्त भइने र मोक्ष प्राप्त हुने विश्वास गर्दछन्। तिनीहरू यसरी स्नान गर्दा जन्म र मृत्युको चक्रबाट मुक्त हुने विश्वास गर्दछन्।

शताब्दिऔं देखि भारतको उत्तरी राज्य उत्तर प्रदेशको अल्लाहवाद शहर (हालको नाम प्रयागराज) मा यो कुम्भमेला लाग्ने गर्दछ। विगत दुई दशकदेखि यस मेलालाई बृहत ढंगले आयोजना गरिँदै आएको छ। बीबीसीका पत्रकार विकास पान्डेले सो मेलामा सहभागी हुन राष्ट्रका सम्पूर्ण भागका मानिसहरू आएको, मेलास्थल जाने सडकहरूमा मानव सागर उर्लेको जस्तै दृश्य देखिएको बताएका छन्। तिनीहरूले मध्यरातमा ‘हरहर गंगे’ भन्दै स्नान गरेका थिए।