नम्रता र निमिशा ट्यालेन्ट

0
Shares

पिनाकल ट्यालेन्ट हन्टको तेस्रो संस्करणको अन्तिम स्पर्धा राजधानीमा सम्पन्न भएको छ। कलंकीको पिनाकल स्कलर्स एकेडमीमा आयोजना गरिएको हन्टमा नृत्यतर्फ सिनियरमा नम्रता रिजाल प्रथम, निमिशा घिमिरे द्वितीय र ऐश्वर्या क्षेत्री तृतीय भई ट्यालेन्ट उपाधि जितेका छन्।

जुनियरतर्फ श्रीया खड्का र प्रगति पोखरेल, प्रथम, श्रीया बस्नेत द्वितीय र आयुषा खड्का तृतीय भए। नेपाल नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठ र मोडल तथा लोकदोहोरी गायीका रीना थापा मगरको निर्णायक रहेको प्रतियोगितामा नृत्य, नाटक, गायन, चित्रकला, बिटबक्स, कराँतेलगायतका विधामा प्रतिस्पर्धा भएको थियो। जसमा पहिलो चरणमा सबै विधामा करिब ३ सय प्रतिस्पर्धी रहेका थिए। अन्तिम स्पर्धाको नाटकमा जुनियरबाट सन्देश शर्माको समूह र सिनियरमा विराज सुवेदीको समूहले उपाधि जिते। यसैगरी गायनमा जुनियरबाट नुर्भिका मिश्र प्रथम, प्रकृति श्रेष्ठ द्वितीय र रिवाज लामिछाने तृतीय भए भने सिनियरमा प्रणय गुरुङ प्रथम, समीक्षा पौडेल द्वितीय र सीता गुरुङ तृतीय भए। यसैगरी चित्रकलातर्पm सिनियरमा श्रेयना अधिकारी प्रथम, पियुस रिजाल द्वितीय, जेसिका थापा र निकास घिमिरे तृतीय भए भने जुनियरमा जगदीश सिलवाल, छोइस्याङ तामाङ र अमित शाह क्रमशः प्रथम द्वितीय र तृतीय भए। प्रतियोगिता विद्यालयका संस्थापक प्रिन्सिपल निमिराज घिमिरेको सभापतित्वमा सम्पन्न भयो।