हङकङमा फिल्म अवार्ड हुने

0
Shares

एभरेस्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हङकङमा एभरेस्ट इन्टरनेसनल फिल्म अवार्ड–२०१९ हुने भएको छ। अवार्डबारे जानकारी दिन बुधबार राजधानीको नयाँ बानेश्वरस्थित एभरेस्ट कलेजमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड समारोहमा २० विधामा पपुलर अवार्ड प्रदान गरिने जानकारी दिइएको छ।

सन् २०१८ मा रिलिज भएका ३ विधामा आदिवासी फिल्महित नेपाली फिल्मले अवार्डमा सहभागिता जनाउन पाउनेछन्। एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान गरिनेछ। ३ हजार ५ सय दर्शक क्षमता भएको हङकङको वानचाईस्थित क्विन एलिजावेथ स्टेडियम हलमा आयोजना हुने अवार्डका लागि आगामी मार्चमा नोमिनेसन सर्वाजनिक गरिनेछ। अवार्डका लागि हङकङ आयोजक टिमको रूपमा स्थानीय वकिल तथा बिजनेसम्यान गौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, सोसाइटीकि उपाध्यक्ष लीलेश्वरी खड्का, संयोजक शान्ति नेपाली, सचिव मनीष लिम्बु, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट, लक्ष्मी चन्द, सुयोग शाक्य, रेवती खड्का, रोशनी श्रेष्ठ, रेविका राई, विष्णु पुन र राकेश लिम्बु रहेका छन्। नेपालमा संगीक्षा फिल्मस् प्रालिका तर्फबाट अध्यक्ष मनोज केसी र सञ्चारकर्मी नरेश भट्टराईले अवार्ड कार्यक्रम संयोजन गर्नेछन्। यसैगरी निर्णायक मण्डलका एक सदस्यमा अभिनेता सुनिल थापा रहनेछन्।

‘अवार्डमा सम्पूर्ण निर्णय जुरीको नै हुनेछ। हामीले एउटा स्तरीय अवार्ड शो गर्ने मनसायका साथ थालनी गरेका हौं’, आयोजकमध्येका लोकराज लिम्बुले भने– ‘अवार्डमा सहभागी हुने सम्पूर्णले केही खर्च गर्नुपर्ने छैन, सम्पूर्ण दायित्व हाम्रो रहनेछ।’ सञ्चारकर्मी नरेश भट्टराईले विदेशी भूमिमा नेपाललाई चिनाउने र थोरै भए पनि टेवा पुग्ने अभिप्रायले यसको नाम नै एभरेस्ट इन्टरनेसनल नेपाली फिल्म अवार्ड राखेको बताए। नेपालका संयोजक मनोज केसीले यो अवार्ड अवसरसँगै चुनौती भएको बताए। ‘जुरीमार्फत आएको उत्कृष्ट ५ मा पर्ने सबैलाई अवार्डमा लाग्नेछौं। अवार्ड कार्यक्रम एउटा भव्य र सभ्य हुनेछ’ –केसीले भने।