ईशा कोप्पिकर राजनीतिमा

0
Shares

बलिउड अभिनेतृ ईशा कोप्पिकरले आफ्नो राजनीतिक करिअर शुरू गरेकी छिन्। भाजपामा प्रवेश गरेर उनले आफ्नो राजनीतिक करिअरको शुरूआत गरेकी हुन्।

बलिउडमा खल्लास गर्ल नामले चर्चित उनी भाजपा ट्रापोर्ट विङको कार्यकारी अध्यक्षमा नियुक्त भएकी हुन्। उनले डन, सलाम ए ईश्क, क्या कुल हे हमजस्ता फिल्ममा अभिनय गरेकी छिन्। इशाले मोडलिङपछि १९९८ मा तामिल फिल्म काढल कविताईबाट फिल्मी करिअर शुरू गरेकी थिइन् भने सन् २०० मा प्रदर्शनमा आएको फिल्म फिँजाबाट बलिउडमा डेब्यु गरेकी थिइन्।