राजपा नेपालका चार नेता रौतहटमा

0
Shares

सञ्जय कार्की, रौतहट
राजपा नेपालका अध्यक्ष मण्डलका चार जना सदस्यले रौतहटको चन्द्रपुरमा पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गरेका छन्। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र अनिल झाले पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गरेका छन्।

आयोजित पार्टी कार्यालय उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले यो मुलुकमा रहेको आदिबासी, जनजाति, मुस्लिम, मधेसीवर्गको आर्थिक समानता र भाषिक समानतासमेत नरहेकाले संविधान संशोधन हुनु जरुरी र रहेको बताउनुभयो। सदियौंदेखि मधेसमा उपेक्षित भएर बसेका जाति र वर्गको सम्मानका लागि राजपा नेपाल आन्दोलित रहँदै आएको बताउनुभयो। संविधान संशोधन नभए पुनः आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आ≈वान गर्नुभयो। सदस्य राजेन्द्र महतोेले नेपाल सबै नेपालीको हुनुपर्नेमा सबै नेपालीको नेपाल हुन नसकेको बताउनुभयो।

राज्यले अहिले पनि विभेदकारी नीति लिएको भन्नु हुँदै एउटा पार्टीका नेताले आन्दोलनमा भाग लिदा जेल जानुपर्ने अर्का पार्टीका नेता प्रधानमन्त्री बन्नुपर्ने देशमा अहिले पनि सबै जातजातिलाई समान अधिकार नभएको बताउनुभयो। यस्तै अर्का अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारले चिकित्सा विधेयक संख्याको दम्भमा पास गरेको भन्दै उहाँले संसद्ले नै तानाशाह बनाउने भएको हँुदा अहिलेको सरकार त्यो अभ्यासतिर अघि बढेको बताउनुभयो।

विपक्षीको कुरा सरकारले सुन्दैन अनि लोकतान्त्रिक स्वतन्त्रताको निषेध गरेर अघि बढ्छ भने जनताको अधिकार कुण्ठित हुने भन्नुहुदै उहाँले नेपालको जीवनमार्ग मधेस भएकाले संघीय सरकारले मधेसलाई उपेक्षा गर्ने र मधेस नरहने स्थिति निर्माण गरे नेपाल नरहने बताउनुभयो। अर्का अध्यक्ष मण्डलका सदस्य अनिल झाले जनताको अधिकार नहुन्जेल राजपा नेपाल संघर्षमा रहने बताउनुभयो। उहाँले पहाडी समुदायको भविष्य २ नम्बर प्रदेशमा रहेकाले राजपा नेपालमा जोडिन उहाँले आ≈वान गर्नुभयो। चन्द्रपुर भएर बग्ने पश्चिमी नहरमा बसोबास गर्दै आएका सुकुम्बासीलाई स्थायी बसोबास गरेर मात्र खालि गर्न सम्बन्धित निकायसंग माग गर्नुभएको छ।