न्यु भिजन सेमिफाइनलमा


काठमाडौं, (नेस)
आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। न्यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित गरेको थियो। टोलीको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन्।

सिनियर ब्वाइजमा हिमालयले मोनास्टिकमाथि ३४–२० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो। होप भ्यालीसँग ३२–३० को पराजय बाबजुद जनप्रेमी पनि अन्तिम आठमा पुग्यो। दुवैको समान २–२ जित रहेको अवस्थामा स्कोर अन्तरका आधारमा जनप्रेमी अगाडि बढेको हो।