परिवर्तनतिर लाग्न आग्रह

0
Shares

सर्लाही, (नेस)
नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले सरकारको नाम मात्र नयाँ भएर नागरिकले अधिकार नपाउने बताउनुभएको छ ।उहाँले देशमा पटकपटक राज्य सत्ता परिवर्तन भएपनि अहिले सम्म संस्कृति र संस्कार परिवर्तन नभएकाले वर्तमान सरकार परिवर्तनतिर लाग्नुपर्नुे बताउनुभयो।

सर्लाहीको हरिवनमा आयोजित हरिवन सफाई कार्यक्रमको बुधबार उद्घाटन गर्दै पुर्व मन्त्री शर्माले नयाँ संविधानमा केही कुराको अलमल भएपनि नागरिकलाई अधिकार र विकासको अनुभुति हुने गरि सरकार काममा लाग्नु पर्ने उहाको भनाइ छ। पुरानै शैलीमा राज्यव्यवस्था संचालन नहुने भएकाले अब तिनै तहको सरकारले योजना ल्याउदा सबै भन्दा तल्लो समुदायको आर्थिक र सामाजिक विकास हुने नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा उहाले जोड दिनुभयो ।

संम्बृद्ध नेपाल सुखि नेपाली सरकारको लक्ष्य भएकाले अब सरकार नागरिकको काममा लाग्नुपर्ने उहाले बताउनुभयो ।देशमा भ्रष्टाचार अन्त्य नभए सम्म नागरिकले कल्पना गरे जस्तो राष्ट्र नबन्ने बताउदै नेता शर्माले भ्रष्टाचारीको कुनै जात धर्म नहुने बताउनुभयो ।फरक प्रशङ्गमा संघीयता स्थापित गर्न सबै भन्दा बढी लडेको पार्टी नेकपा भएकाले संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय र प्रदेश सरकारलाई अधिकार दिनु पर्ने उहाले बताउनुभयो ।