दोगडाकेदारमा मोबाइल एप्स

0
Shares

बैतडी, (नेस)
आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोवाईल एप्स संञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मंगलवारवाट गाउँपालिकाको मोवाईल एप्स सुरु गरेको आईटी अफिसर जनक बहादुर विष्टले बताए ।

यो एप्सबाट गाउँपालिकाका सुचना लगाएत सबै क्रियाकपालहरु हेर्न र पढ्न सकिने भएको छ । साथै गाउँपालिकाका कामबार बारे सुझाव , सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । दोगडाकेदार नामक यो एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रम मार्फत गाउँपालिकामा मोवाईल एप्स संञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । यो एप्सले गाउँपालिकाका नागरीकहरुलाई सहज हुने विश्वास गरीएको छ ।

यसैबिच बैतडीको दोगडाकेदार गाउँपालिकाले दुईओटा विद्यालयमा सरसफाईका सामग्री वितरण गरेको छ । दोगडाकेदार गाउँपालिका ६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वडा न. ५ स्थित न्वाली मावि दोलीमा मंगलवार सरसफाईका सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । विद्यालयका विद्यार्थीहरु र विद्यालयको वातावरण सरसफाईमा राख्न सहज होस भन्ने उद्देश्यले सरसफाईका सामग्री वितरण गरिएको हो ।