गाउँमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

0
Shares

रामचन्द्र विक, रामेछाप
रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा नेपाली सेनाले एक दिने निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाली सेनाको नन्दाबक्स गणले सुनारपानीमा रहेको भैरवि माध्यमिक विद्यालयमा संचालन गरेको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा पाँच सय १० जना बिरामीले स्वास्थ्य जाँच तथा उपचार गरइएको डा अभिषेक थापा बताए ।

शिविरमा छाति, मुटु, नाक, कान घाटी, हड्डी, स्त्री रोग छाला, आँखा, बाल रोग विशेषज्ञ साथै सर्जन डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण गराइएको थियो । शिविरमा अर्थोपेडिक (हड्डी) सम्बन्धिका विरामीहरु बढि आएको डा. सुमन कर्माचार्यले बताए । शिविरमा आएर स्वास्थ्य परीक्षण गराएका विरामीहरु मध्य केही विरामीको उपचार जिल्लामा रहेका स्वास्थ्य संस्थाबाट हुन नसक्ने भएकाले उनीहरुको उपचारको लागि कृष्ट अस्पतालमा ब्यवस्था मिलाइएको डा. कर्माचार्यले बताए । रोग अनुसार विशेषज्ञ डाम्टरद्धारा स्वास्थ्य परीक्षण गराउन छुट्टाछुट्टै स्थानको ब्यवस्था मिलाइएको आयोजकले बताएको छ ।

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा राम्रो उपचार हुने विश्वासले आफूहरु स्वास्थ्य परीक्षण गराउँन आएको बिरामी यकमाया मगर बताइन् ।

मंगलबार नेपाली सेनाको नन्दाबक्स गणको आयोजनामा कृष्ट अस्पताल ललितपुर, तामाकोसी सहकारी अस्पताल मन्थली, जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसँगको समन्वयमा भएको हो ।

सेनाले आयोजना गरेको शिविरबाट नेपाली सेना र स्थानीय नागरिकबीचको सम्बन्ध झन नजिक बनाएको उपचारमा सहभागी भएका बिरामीहरुले बताएका छन् ।