‘मेरो गाउँ मेरा ठाउँ’ अभियान

0
Shares

बुटवल, (नेस)
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ ‘हामी उठ्ने छौं’ फाउण्डेसनले मेरो गाउँ मेरो ठाउँ नामक भिडियो च्यालेन्ज प्रतियोगीता आयोजना गर्ने भएको छ । फाउण्डेसनले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा सहभागी हुन सवैलाई आग्रह गरेको हो ।

फाउन्डेसनका कार्यकारी निर्देशक अनुप के भट्टराईले आफ्नो गाउँ ठाउँमा लुकेर पर्यटकीय गन्तव्यकोे पहिचान गराउने उद्देश्यका साथ अभियानको थालनी गरिएको बताउनु भयो । उहाँका अनुसार ५ मिनेटको पर्यटकीय, भेषभुषा, खानपान र रीतिरिवाजका भिडियो बनाएर आफ््नो गाउँ आफ्नो ठाउँको विषयमा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी प्रतियोगितामा भाग लिन सकिने छ ।

प्रतियोगिले आफ्नो क्षेत्रको मौलिक कला, सँस्कृति, रीतिरिवाज, लगायतलाई उजागर गर्न सकिने बताउनु भयो । प्रतियोगितामा सहभागी हुन भिडियो एचडी क्वालिटीको हुनुपर्ने र स्क्रीप्ट सहित अधिकतम ५ मिनेटको हुनुपर्र्ने छ । प्रतियोगितामा उत्कृष्टले १ लाख, सेकेण्ड रनर अपले ५० हजार, सर्बोत्कृष्ट भिडियो सम्पादन, लेखन, प्रस्तुतीकरणले थप नगद २५–२५ हजार रुपैयाँ समेत पाउने भट्टराईले बताउनु भयो ।
जनवरी १बाट अभियान सुरु भएकोमा ४ महिनासम्म यो अभियान चल्ने छ । बरिष्ठ चलचित्रकर्मी निर्मल शर्माले यो अभियान नितान्त सामाजिक हितमा अग्रसर रहेको बताउनु भयो ।