घरदैलोमा जनतालाई सेवा

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २५ गते शुक्रवार सूर्यविनायक नगरपालिका७ गुण्डू स्थित वडा कार्यालयमामा एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । सेवाप्रदायक निकाय सेवाग्राही समक्ष पुगी सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले घुम्ति शिबिर सञ्चालन गरेको हो ।

घुम्ति शिबिरमा बृहत्त निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्यका विशेषज्ञ सेवाहरु, निःशुल्क औषधी वितरण, जिल्ला प्रशासन कार्यालयबाट नगरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्रको वितरण लगायतका सेवा वितरण गरिने सूर्यविनायक नगरपालिकाद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

घुम्ति शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट विरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानी, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्धारा सिमकार्ड वितरण, राष्ट्यि पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पीडितको गुनासो व्यवस्थापन लगायतका सेवा प्रदान गरिने सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, अपांग परिचय पत्र, नक्सा पास भवन निर्माण, अभिलेखिकरण, पशुको गोवर परीक्षण, नाम्लेको औषधी वितरण व्यवसाय दर्ता, कृषि वीऊ विजन वितरण प्राविधिक सल्लाह लगायतका सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो ।

घुम्ति शिबिरका लागि पाँच वटा उपसमिति निर्माण गरी तयारी अन्तिम चरणमा पु्राइएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिमा अतिथि सत्कार, सहयोग उपसमिति, प्रचार प्रसार उपसमिति, स्यवम् सेवक उपसमिति, साँस्कृतिकि, उपसमिति निर्माण गरिएको छ ।

घुम्ति शिबिरले सेवाग्राीकै घरदैलोमा सेवा पुर्याइने प्रमुख थापाले बताउनुभयो । घुम्ति सेवा तथा निःशुल्क स्वास्थ्य नेपाली सेनाको वीर दल गणबाट शिबिरका लागि भौतिक तथा प्राविधिक व्यवस्थापनको काम भइरहेको छ । घुम्ति शिबिरको प्रचारप्रसाका लागि नगरपालिकाले एक हप्ता अघिदेखि सरसफाइ कार्यक्रम, हाते पर्चा वितरण, माइकिङ लगायतका प्रचारात्मक काम गरिरहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।