मादी महोत्सवको तयारी पुरा

0
Shares

संखुवासभा, (नेस)
संखुवासभाको मादीमा बहुधार्मिक, बहुसांस्कृतिक ज्ञानमहायज्ञ तथा महोत्सवको तयारी पुरा भएको मुल आयोजक समितिले जनाएको छ । मादी बहुमुखी क्याम्पसको शैक्षिक, भौतिक विकासकालागी आर्थिक सहयोग जुटाउने उदेश्यले बहुधार्मिक, बहुसास्कृतिक ज्ञान महायज्ञ तथा महोत्सव गर्न लागीएको हो ।

मादी बहुमुखी क्याम्पसको आयोजनामा माघ २५ गते देखि फागुण ४ गते सम्म हुन लागेको ज्ञानमहायज्ञ तथा महोत्सवमा करिव २ करोड बरावर रकम संकलन हुने आयोजकले दावी गरेको छ । महोत्सवमा करिव ५० हजार सहभागी हुने बताईएको छ ।

मादी नगरपालीकाका मेयर विदुर सुब्बालेहुन लागेको महायज्ञ तथा महोत्सवमा हिन्दु, बौद्ध र किरात गुरुहरुले प्रवचन गर्नु हुने हुदा देशमा विकसित हुदै गएको जातिय द्धन्द्ध लाई निरुत्साहित गर्न र धार्मिक एकता कायम गर्न समेत सहयोग पुग्ने बताउनु भयो ।

उहाले मादी पहिले शैक्षिक गन्तब्यका रुपमा रहे पनि अहिले ओझेलमा पदै गएपछि मादीको शैक्षिक शाखलाई फर्काउन ज्ञान महायज्ञले सहयोग पुग्ने दावी गर्नु भयो ।

उहालेअहिले क्याम्पसको बृहत्तर शैक्षिक विकास गर्न हामी जुटेका छौ । महायज्ञमा सवै भक्तजन सहभागी भइ क्याम्पसको शैक्षिक विकासकालागी खुलेर सहयोग गर्न नगर मेयर सुबाले सवैमा आग्रह गर्नु भयो । उहाले महायज्ञबाट उठेको रकम बरावर नगरपालीकाले थप गरि कोष स्थापना गरि क्याम्पस सञ्चालन गरिने समेत जानकारी दिनु भयो ।