सवारी दुर्घटनामा ५ जनाको मृत्यु

0
Shares

काठमाडौं ।
काठमाडौं, सिराहा, नुवाकोट र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं, मनोहरा नगरपालिका(७ खहरेचोकस्थित सडकमा ना।५ ख ८०८४ नम्बरको टिप्परले बा५४ प ७२६९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका(४ घर भएका २० वर्षीय श्याम बिकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २३ वर्षीय निशान बिकको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार टिप्पर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिराहा, कर्जन्हा नगरपालिका(११ बगहापुलस्थित सडकमा ना।६ ख १०३१ नम्बरको ट्रकले मंगलबार दिउसो पैदलयात्री सोही नगरपालिका(१० मनहर्वा बस्ने लिले राईको ८ वर्षीया छोरी मेलिना राईलाई ठक्कर दिँदा गम्भीर घाइते भएकीले उपचारको लागि बिराटनगर न्युरो अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट, पञ्चकन्या गाउँपालिका(४ थप्रेकस्थित सडकमा मंगलबार साँझ बा।३ च ५७११ नम्बरको जिप ब्रेक फेल भई सडक देखी अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सर्लाही परवानीपुर बस्ने २४ वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै र गम्भीर घाइते भएका दाङ घर भएका ३० वर्षीय अलि मियालाई उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २ जनाको ग्राण्डी अस्पताल धापासी र २ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका(१ जितगढीस्थित सडकमा लु।१९ प ८१० नम्बरको मोटरसाइकल लु।१ ख ७०६६ नम्बरको बससँग ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका(६ बस्ने भारत गोरखपुर घर भएका ३५ वर्षीय अल्लाहा ओदिन सेन मन्सुरीको लुम्बिनी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २२ वर्षीय गोलु मुसलवानको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।