राजधानीमा अवैध लागुऔषध सहित १ जना पक्राउ 

0
Shares

काठमाण्डौँ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सल्लेरीका २० वर्षीय छिरिङ शेर्पा रहेका छन् ।
प्रहरीले उनलाई बुधबार बिहान जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा काठमाण्डौ नागढुंगा चेकपोष्टबाट  पक्राउ गरेको हो ।
शेर्पाको साथबाट प्रहरीले  अवैध लागुऔषध नाईट्राभेट ७५० ट्याब्लेट बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान भई रहेको छ ।