विभिन्न अफर

0
Shares

काठमाडौं, (नेस)
नेपाल टेलिकमले आफ्नो १५औं वार्षिकोत्सवका अवसरमा जीएसएम पोस्टपेड ग्राहकलाई ९ सय रुपियाँको प्याकेजमा प्रतिमहिना दुई जीबी डाटा उपलब्ध गराउने भएको छ। माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जीएसएम पोस्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना ‘अल टाइम’ डाटा एक जीबी र सय मिनेट बराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ।

पर्यटकीय प्याकेजअन्तरगत ५ सय रुपियाँमा पाँच जीबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको बा⋲य कल गर्न सकिने छ। एक हजारमा १० जीबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेट बराबरको बा⋲य कल गर्न सकिने छ। जसको लागि निःशुल्क रिसोर्स उपलब्ध गराउने छ। एमपीओसको माध्यमबाट कम्पनीको सेवामा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकलाई बोनस रकम उपलब्ध गराउने छ। यो योजना ६ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ।