प्रिपेडमा रोमिङ सेवा

0
Shares

काठमाडौं, (नेस)
१५औं वार्षिकोत्सवका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालले प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवाको सफ्ट लन्च गर्नुभयो।

जीएसएम पोष्टपेड सेवामा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिने छ। यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन। आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ। छिट्टै यस सेवालाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। यो सेवा प्रारम्भमा चीन र भारतबाट शुरू गरी क्रमिक रूपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ।

वार्षिक अवसरमा टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ। यसअघि पोस्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा मंगलबारबाट प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ।