शतप्रतिशत अनुदानमा किसानलाई पावर टिलर

0
Shares

खोटाङ, (नेस)
खोटाङका किसानलाई हाते ट्याक्टर ९पावर टिलर० वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) ले १५ वटा पावर टिलर वितरण गरेको हो। कृषिमा व्यावसायिकरणका लागि प्रोत्साहन अनुदानअन्तर्गत ९ किसान समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका ६ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको जनाइएको छ।

मंगलबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फुलबारी कृषक समूह, हरियाली आयआर्जन कृषक समूह, हातेमालो कृषि सहकारी संस्थालाई शतप्रतिशत अनुदानमा ७० हजार रुपियाँ मूल्यबराबरको पावर टिलर प्रदान गरिएको परियोजना कार्यान्वयन इकाई ९मकै जोन० कार्यालय खोटाङका निमित्त कृषि विकास अधिकृत ध्रुबकुमार कार्कीले बताउनुभयो। यस्तै, पिप्ले दिक्तेलबारी कृषक समूह, पञ्च मावि माझटोल कृषक समूह, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित नवजागरण तरकारी कृषक समूह, नयाँ पहिचान कृषक समूहलाई पनि शतप्रतिशत अनुदानमा नै जमिन जोत्ने पावर टिलर एक÷एक थान प्रदान गरिएको छ।