ग्रिनफिल्ड सेमिफाइनलमा


काठमाडौं, (नेस)
ग्रिनफिल्ड प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। ग्रिनफिल्डले इरिस एकेडेमीलाई १८–२ ले पराजित ग¥यो। यस्तै नेरिक एकेडेमीले आयोजक न्यु भिजन एकेडेमीलाई ४३–१४ ले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित ग¥यो।

सिनियर ब्वाइजमा इरिसले हिमालयलाई ४७–४० ले पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय ग¥यो। इरिसका उज्ज्वल लिम्बूले २० अंक बटुले। अर्को खेलमा जनप्रेमीले नेपाल सेन्ट्रललाई २७–२१ ले हराएको थियो। सिनियर गल्र्समा ग्रामरले हिमालयमाथि १७–११ को जित दर्ता गर्दै अन्तिम चारको स्थान पक्का ग¥यो। मोनास्टिकविरुद्धको खेलमा जेनियम १८–६ ले विजयी भयो।