इनोभेटिभ फाइनलमा


काठमाडौं, (नेस)
आयोजक इनोभेटिभ आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ। पाँच टिम सहभागी राउन्ड रोविन लिगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ३०–११ ले पराजित गर्दै लगातार तेस्रो जित हात पा¥यो। इनोभेटिभको जितमा समन्ता थापाले १६ अंक योगदान गरिन्। सिनियर गल्र्समै सम्झनाको १० अंक सहयोगमा स्वप्न वाटिकाले विज किड्सलाई २१–१४ ले हरायो।

सिनियर ब्वाइजमा एचएचसीएले काठमाडौं जेभियरलाई ४२–४१, श्रीदिवाले एआईएलाई ३५–३०, रेडिअन्टले स्वप्न वाटिकालाई ४०–३५ तथा ज्ञान निकेतनले विल्सनलाई ४७–३६ ले पन्छाउँदै क्वार्टरफाइनलमा पुगे। जुनियर ब्वाइजमा नेरिकले एआईएलाई २१–१५ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।