भ्याली पब्लिकको जित


काठमाडौं, (नेस)
भ्याली पब्लिक र बीएनएले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन्।

भ्याली पब्लिकले बूढानीलकण्ठलाई २८–१५ तथा बीएनएले हिमालयलाई २०–९ ले पराजित गरे। टीआईएले ग्रिनल्यान्डलाई २३–८, ≈वाइट हेभेनले बाल विकासलाई १४–६, लालीगुराँसले नेसनल युनाइटेडलाई २१–१४ र नवजीवनले पृथ्वीलाई २६–११ ले हराए। सिनियर गल्र्समा आयोजक भद्रकालीले इडेन ब्रिज एकेडेमी ९ईबीए० लाई १६–९ ले पन्छाए।

खखखखखख