घर–घरमा स्वास्थ्य सेवा अभियान

0
Shares

पाल्पा, (नेस)
गनासकाली गाउँपालिकाले जेष्ठ, अपांगहरूका लागि घर–घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ। गाउँपालिकाले जनताको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरेको हो। गाउँपालिकाले वडा–७ खानीगाउँबाट अभियान शुरू गरेको छ। खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वयमा र मानव अधिकार निगरानी समूह खानीगाउँको पहलमा अभियान शुरू भएको हो।

अभियानको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाका वयोवृद्धा, असाहय तथा फरक क्षमता भएका व्यक्तिको नियमित स्वास्थ्य परीक्षण हुने कुराले जनताको स्वास्थ्य सेवा सर्वसुलभ गर्ने कार्यमा महŒवपूर्ण टेवा मिल्ने बताए। उनले सामान्य उपचारका अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए।

अध्यक्ष बस्यालले अभियानले स्थानीय सरकार घर–घरमा आएको महसुस हुने भएकाले पनि गाउँपालिकाभित्रका अन्य वडामा पनि विस्तार गर्दै लगिने जानकारी दिए। अभियानमा अनुभवीसहितको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने स्थास्थ्य शाखा संयोजक मणिराम अधिकारीले जानकारी दिए। उनले सशक्त व्यक्तिका लागि गाउँ–गाउँमा र अशक्तका लागि घर घरमै पुगेर स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिने बताए।

गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा यो वर्षबाट सुगर, ब्लड प्रेसर, छारे रोगका औषधि निःशुल्क र नियमितरूपमा वितरण गर्नुको साथै दम तथा निमोनियाका बिरामीलाई निःशुल्क नेबुलाइजर ९बाफ० सेवासमेत दिइने संयोजक अधिकारीले जानकारी दिए।