महानगरका मेयरमा धर्मको मोह

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी हिन्दु धर्ममा विश्वास राख्छन्। उनी माडवाडी समुदायका व्यक्ति हुन्। उनी मेयर हुनुभन्दा अगाडि पनि धर्मका विषयमा सक्रिय रहन्थे। उनी एक कुशल उद्योगी पनि हुन्। नेपालमा पहिलो उनले अहिले अश्वमेध गायत्री महायज्ञ आयोजना गर्दैछन्। यसलाई सफल बनाउन वीरगन्जबाट तीन वटा शक्ति कलश रथ यात्रा सञ्चालनमा आएको छ। वीरगन्जस्थित आदर्शनगरबाट शुरु भएको शक्ति कलश रथ यात्राको शुभारम्भ वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नै गरे।

विधिवतरूपमा पूजापाठ गरी वीरगन्जबाट रथयात्रा पूर्व, पश्चिम र उत्तरतर्फ प्रस्थान गरेको छ। रथयात्रा शुभारम्भ गर्दै मेयर सरावगीले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउन पहिलोपल्ट नेपालमा यज्ञ गर्न लागिएकाले उत्साहजन सहभागिताको लागि नेपालवासीसँग आग्रह गरे।

‘यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सकिन्छ, वैज्ञानिक ढंगले सञ्चालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभूतहरूको शुद्धीकरण हुन्छ’ –उनले भने– ‘यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुनेछ।’

वीरगन्जबाट शुरू गरिएको रथयात्रामा राखिएको कलशमा २४ सय तीर्थस्थलको जल मिसाएर राखिएको छ, हरेक जिल्ला यसको प्रभावले शुद्धीकरण हुँदै जान्छ। एक महिने रथयात्रा पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर काठमाडांै, बनेपा, धुलिखेल, पोखरालगायतको स्थानमा व्यापकरूपमा प्रचारप्रसार गरी यज्ञमा सहभागिता जनाउन सबैमा आ≈वानसमेत गरिने यज्ञका प्रचारक राजेश्वर सिंहले बताए।

फागुन १९ गते शुरू भई २२ गतेसम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाखभन्दा बढीको सहभागिता हुनेछ।