छिरिङ मिसेस नेपाल टुरिजम

14
Shares

बौद्धको फूलबारीकी शिक्षिका छिरिङ डोल्मा शेर्पा यस वर्षको मिसेस नेपाल टुरिजम २०१९ चुनिएकी छिन्। स्टार वन इन्टरटेन्मेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा शेर्पाले मिसेस नेपाल टुरिजम २०१९ को ताज चुमेकी हुन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले बेस्ट हेयरको उप–उपाधिलाई पनि आप्mनो बनाइन्।
पूर्वप्रधानमन्त्री खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर्सअपसँगै मस्ट ट्यालेन्ट, एक फाइनान्स कम्पनीको मेनेजिङ डाइरेक्टर रहेकी महाराजगन्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर्सअपसँगै बेस्ट पर्सनालिटी, फाइनान्स अफिसर रहेकी कलंकीकी मुक्ता सेढाईं थर्ड रनर्सअपसँगै बेस्ट स्कीनकी विजेता भइन्।

पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको प्रतियोगितामा महाराजगन्जकी प्रोजेक्ट इन्जिनियर संगीता गौतम पब्लिक च्वाइसका साथमा भिवर्स च्वाइस र फेसबुक च्वाइस भइन् भने रोशनी अयर युट्युब बेस्ट भ्युज र मस्ट फोटोजेनिक, रीता ढुंगाना बेस्ट स्माइल, नम्रता लामिछाने बेस्ट ¥याम्पवक, सविता थापा गिरी बेस्ट कन्जिनियलिटी, कर्सन राई मस्ट गर्जियस र समीक्षा लामिछाने मिसेस ब्युटिफुल भए।

मिसेस एसिया प्यासफिक इन्टरनेसनल २०१८ तथा मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, अभिनेता गजित विष्ट, अभिनेत्री अरूणा कार्की, पेन्टागन कलेजका डाइरेक्टर डा। एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेको प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा भएको थियो।