रोजिन शाक्य अन्तर्राष्ट्रिय प्रतियोगिताको कोरियोग्राफर

0
Shares

विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९ का लागि अफिसियल कोरियोग्राफरका रूपमा नियुक्त भएका छन्।

आगामी फेब्रुअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा हुने प्रतियोगिताअन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को विजेता छनोट हुनेछ। प्रतियोगिता ई–प्लानेट प्रालिको ब्यानरमा सञ्चालन हुन लागेको हो। यसअघि सो अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा भएको थियो। बितेका तीनवटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए। अन्तर्राष्ट्रिय मञ्चमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा भएको पहिलो मिस मर्मेड सिंगापुर २०१६ मा पनि रोजिन कोरियोग्राफर रहेका थिए।

फेसन कोरियोग्राफीबाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मञ्चीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एन्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्री स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेजमेन्टलगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका रोजिन २०१८ अप्रिल ७ मा मलेसियाको क्वालालम्पुरमा भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा बेस्ट आन्टरप्रिनरविधाअन्तर्गत अन्तर्राष्ट्रिय पुरस्कार बेस्ट आन्टरप्रिनर इन मल्टी टास्क पर्सनालिटी अवार्डबाट सम्मानित भएका थिए।