हाइकिङको उद्गमस्थल ललितपुर



सुरेश तामाङ, ललितपुर
डाँडाकाँडा उक्लेर वरपरको मनमोहक दृश्य हेर्ने कसको पो मन हुँदैन र⁄ शहरको व्यस्त जीवनशैलीका बाबजुद पनि डाँडाकाँडा उक्लेर मनमोहक दृश्यको अवलोकन गर्दै थकान बिसाउन नयाँपिढी तम्सेका छन्। त्यसकारण पनि हिजोआज नयाँपुस्तामा एक दिनको यात्रा अर्थात् हाइकिङ लोकप्रिय बनिसकेको छ।

काठमाडौं उपत्यका वरिपरि त्यस्ता धेरै हाइकिङ रुटहरू छन् जहाँ बिहान शहरबाट निस्केर बेलुकी सजिलै घर फर्किन सकिन्छ। ललितपुरका विभिन्न रुटहरूलाई पैदलमार्गीले रुचाएका छन्। त्यी उत्तम पैदल मार्ग अर्थात् हाइकिङ रुटहरू यस्ता छन् ः
्य फुल्चोकी डाँडा समुन्द्र सतहदेखि २ हजार ७ सय ५८ मिटरमा फुल्चोकी डाँडा पर्दछ। यो डाँडा हाइकिङ गर्नेहरूका लागि रुचाइएको मध्ये एक हो। अग्लो डाँडा र त्यसमा पनि भुलाउने बाटोकै कारण यस डाँडासम्मको हाइकिङलाई ‘टफ’ मानिन्छ। यो उपत्यकाको सबभन्दा अग्लो डाँडासमेत हो। हिउँदको समयमा हिउँले ढाकेर सेत्ताम्मे हुने यस डाँडाबाट उपत्यकाको सुन्दर दृश्यका साथै सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्णलगायतका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।

फुल्चोकी पुग्ने रुट
१. गोदावरी कुण्ड–चापाखर्क–फुल्चोकी ९उत्तरपूर्वबाट काभ्रेको रमणीय दृश्य हेर्दै जाने०
२. नौधाराबाट सीधै पुरानो बाटो फुल्चोकी ९ठाँडो उकालो०
३. नौधाराबाट दक्षिण खानेपानी मुहान हुँदै भारदेउ जाने दोबाटो–फुल्चोकी
४. लेले–मनकामना–फुल्चोकी
५. भारदेउ–भालुखोला–फुल्चोकी

पाथीभरा
पूर्वी नेपालको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको थापना नल्लुमा पनि छ। ललितपुरको दक्षिणी भेगमा समुन्द्री सतहदेखि १ हजार ८ सय ९० मिटरमा पाथीभरा मन्दिरको स्थापना गरिएको छ।
पाथीभरा नल्लुको मात्रै होइन ललितपुरकै प्रख्यात धार्मिक तीर्थस्थल बन्दै गइरहेको छ भने यही रुटको बाटो हाइकिङका लागि लोकप्रियसमेत भइरहेको छ।
पाथीभरा पुग्ने रुट ः
१. टीकाभैरव–सिखर्पा–तल्लो नल्लु–नल्लुबेंशी–पाथीभारा मन्दिर
२. लेले–नल्लु भञ्ज्याङ–नल्लुबेंशी–पाथीभारा मन्दिर

दलचौकी
काठमाडौं उपत्यका, हिमशृंखला र तराईका सुन्दर दृश्यको एकसाथ अवलोकन गर्न पाइने स्थान हो, दलचोकी। पछिल्लो समय यस ठाउँलाई पनि हाइकिङ गर्नेहरूले विशेष प्राथमिकतामा राखेको पाइन्छ। २ हजार १ सय ६५ मिटरमा रहेको दलचोकीमा मनकामना मन्दिरसमेत रहेको छ। यहाँ आधा दर्जन बढी होमस्टेसमेत खुलिसकेका छन्।



दलचोकी पुग्ने रुट ः
१. टीकाभैरव–कालिटार–सानोभैंसे–निरोगाधाम–दलचोकी
२. टीकाभैरव–नल्लुखोला–बाँसुकी–दलचोकी
३. लेले–नल्लुभञ्ज्याङ–नल्लुबेंशी–पाथीभारा–दलचोकी

देउराली डाँडा
पछिल्लो पटक हाइकिङ गर्नेहरूका लागि देवीचौरको देउराली डाँडा लोकप्रिय बनेको छ। उपत्यका, हिमशृंखला र तराईका फाँटहरूको मनमोहक दृश्य एक साथ अवलोकन गर्न सकिन दुर्लभ स्थानका रूपमा यस डाँडालाई लिइन्छ। पछिल्लो पटक यस डाँडामा होमस्टे र रेस्टुराँहरूसमेत खोलिएको छ भने भ्यु टावरसमेत बनिरहेको छ।

देउराली पुग्ने रुट ः
१. टीकाभैरव–बुरुन्चुली–तीनदोबाटो–देउराली

लाँकुरीभञ्ज्याङ
उपत्यकाको तीन जिल्लाको उद्गम स्थल हो, लाँकुरीभञ्ज्याङ। यहाँबाट उपत्यकाका तीनवटै शहरको मनमोहक दृश्य देख्न पाइन्छ। १ हजार ९ सय ७७ मिटरमा पर्ने लाँकुरीभञ्ज्याङ राजधानीबासीका लागि छोटो दूरीको हाइकिङ गर्ने ठाउँका रूपमा लिइन्छ। यहाँ होमस्टे र रेस्टुराँ मेत प्रशस्त खुलेका छन्।
रुट ः
१. ढुंगीन लामाटार प्रस्थानविन्दु भएर ढुंगीन–कोटडाँडा–श्रृंगऋषि गुफा–लाँकुरीभञ्ज्याङ हुँदै सोही मार्ग फिर्ता
२. ढुंगीन लामाटार प्रस्थानविन्दु भएरै ढुंगीन–उत्तरपूर्व हुँदै–लाँकुरीभञ्ज्याङ हुँदै सीधा ठाडो बाटो मार्ग हुँदै सोही मार्ग फिर्ता
उपयुक्त रुट ः
लामाटार रुट
१. ढुंगिन–चापाखर्क–माछापोखरी–गोदावरी
२. ढुंगिन–लाकुरी भञ्ज्याङ टावर– मानेडाँडा–गोदावरी बोटानिकल गार्डेन उत्तरपश्चिम गेट
३. ढुंगीन–कोटडाँडा–मानेडाँडा–गोदावरी
४. ढुंगीन–कोटडाँडा–विशंखुनारायण मन्दिर–गोदामचौर
५. विशंखुनारायण मन्दिर–कोटडाँडा–चापाखर्क–गोदावरी कुण्ड

गोदावरी रुट
१. गोदावरीबाट नौधारा–लेले गोदावरी भञ्ज्याङ पुगेर लेले मनकामना–सरस्वती कुण्ड
२. गोदावरी–नौधारा–गोदावरी लेले भञ्ज्याङ–चुचुरा हुँदै ग्वालिनदह
३. गोदावरी–नौधारा–लेले गोदावरी भञ्ज्याङ–लामीडाँडा–नल्लु भञ्ज्याङ–सरस्वती कुण्ड

लेले रुट
१. सरस्वती कुण्ड–नल्लु भञ्ज्याङ–सिखर्पा–टीकाभैरव

भारदेउ रुट
१. पौवाचौर–गुप्तेश्वर

नल्लु रुट
१। नल्लु भञ्ज्याङ–नल्लुबेंशी–पाथीभारा मन्दिर–दलचोकी मनकामना–पुरानो बाटो हुँदै बाँसुकी–टीकाभैरव

टीकाभैरव रुट
१. टीकाभैरव–शिखर्पा–बाँसुकी–दलचोकी मनकामना–निरोगाधाम–सानोभैंसे–कालिटार–मल्लहोटल–टीकाभैरव
२. टीकाभैरव–लप्से–कोटडाँडा–तीनपाने–मैरेडाँडा–देउराली हुँदै तल्लो बुरुन्चुली–टीकाभैरव

चापागाउँ रुट
१. कुश्लेचौर राजकुलोबाटो हुँदै चारघरे–टीकाभैरव
२. कुश्लेचौर राजकुलोबाटो हुँदै चारघरे पुल भएर हनुमाठ–सानोगाउँ–बुरुन्चुली–देउराली

हाइकिङ गर्दाको फाइदा
शारीरिक कसरत र रमाइलोका लागि गरिने एकदिने हाइकिङमा नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा थाहा पाइन्छ। दैनिक हिँड्न नभ्याउनेहरूले कम्तीमा महिनाको एकचोटि हाइकिङ जाँदा शरीरबाट पसिना निकाल्न र मजाले रक्तसञ्चार गराउन पाउँछन्।

उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यका लागि बढी लाभदायक मानिन्छ। हाइकिङ जाँदा एकदिन भए पनि शहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाइन्छ।

हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुरा
१. हाइकिङ नयाँ तर सुरक्षित ठाउँ रोज्ने।
२. समूहमा गरिने हाइकिङमा सबैको रुचिलाई ख्याल गर्ने।
३. हाइकिङ गर्ने भूगोल र मौसमअनुसारको तयारी गर्ने।
४. सन ग्लास, तौलिया, क्याप, ≈याट, सन प्रोटेक्सन क्रिम साथमा लैजाने।
५. जुत्ता र पोसाक हिँड्न सजिलो हुने किसिमको हुनुपर्छ।
६. खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लठ्ठी, क्यामेरा आदि बोक्ने।

प्रतिक्रिया दिनुहोस्