फेरुवा बिच्छ्याएरै सडक सुचारू

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्लाको सदरमुकाम सिमकोटमा भारी हिमपातले पछि अवरुद्ध भएको सडक फेरुवा बिच्छ्याएर सुचारू ग्रिएको छ। सिमकोट आसपासका वडामा रहेका स्थानसम्म पुग्न ११ किलोमिटर कच्ची सडक निर्माण भएको छ। कच्ची सडकमै हिँउ र बरफ जमेर अवरुद्ध बनेपछि फेरुवा बिच्छ्याएर भए पनि सडक सञ्चालनमा ल्याइएको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।
हुम्लामा घरेलु कार्पेटको रूपमा प्रयोग गर्दै आएको फेरुवा/लिउ बिच्छ्याएर सडक सुचारू भएको छ। यातायातका साधन नहुँदा गाउँबाट सदरमुकाममा बिरामी ओसार्न र अत्यावश्यक काममा जानसमेत समस्या भएपछि फेरुवा बिछ्याएरै भए पनि गाडी सुचारू गरेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष रावतले बताए।

लगातार परेको हिमपातले सदरमुकाम सिमकोटमा जमेको ३ फिट हिउँले गाडी गुड्न समेत निकै समस्या बनाएकाले गाउँबाट आवतजावतमा समस्या बनाएको छ। सिमकोटको बाटोमा हामीले फेरुवा बिछ्याएर गाडी गुडाउन सफल भयौं भने सिमकोट नजिकै स्याम्नेसम्मको बाटोमा भएको हिउँ र बरफ पन्छाउदैं गाडी गुडाएको खार्पुनाथ यातायात प्रालिका हुम्लाका सञ्चालक लोकजंग शाहीले बताए।

सिमकोट खार्पु सडकखण्डमा गाडी गुडेपछि गाउँदेखि आफूलाई आवतजावत गर्न र बिरामीलाई जिल्ला अस्पताल ल्याउनसमेत निकै सहज भएको खार्पुनाथ गाउँपालिका–४ का नल्नाका नवराज भण्डारीले बताए। राष्ट्रिय सडक सञ्जाले नछोएको जिल्ला हुम्लामा सदरमुकाम सिमकोट र उत्तरी तिब्तत ताक्लाकोटमा रहेको हिल्सा सिमकोट सडकखण्डको ट्र्याक खुलेपछि आन्तरिक कच्ची सडकमा गाडी गुडिरहेको छ।