एक साता नबित्दै बस टर्मिनल भवन चर्कियो

0
Shares

सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिकामा ८ करोड ४७ लाखको लागतमा निर्माण गरिएको बस टर्मिनल भवन सञ्चालनमा आएको एक साता नपुग्दै चर्किएको छ । निर्माण सम्पन्न भएको ४ महिनापछि वस टर्मिनलको माघ १६ मा उद्घाटन गरिएको थियो । बस टर्मिनलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पनि अतिथिहरुले यात्रु मैत्री नभएको भन्दै आलोचना गरेका थिए ।

नगर विकास कोषको ऋण सहयोगमा मुलुकभर सञ्चालित योजनामध्ये यो टर्मिनल पनि एक हो । महानगरले कोषबाट ९ प्रतिशत ब्याज दरमा ऋण लिएर टर्मिनल निर्माण गरेको हो । टर्मिनल चर्कन थालेपछि स्थानीयले महानगरको कामप्रति टिप्पणी गर्न थालेका छन् । निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गर्दा पनि महानगर मौन भएर निर्माण काम सम्पन्न गराएको स्थानीयको आरोप छ ।

टर्मिनल भवन निर्माण भइरहेको समयमा इञ्जिनियर प्राविधिकहरूले प्रभावकारी अनुगमन नगर्नुको परिणाम हो भन्दै उनीहरुले निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । राज्यको करोडौ रकम खर्चिएर बनाएको सरचना पूर्ण सन्चालनमा नआउदै चर्किनु भनेको नियामक निमायको लापरवाही हो स्थानीय दिनेश श्रेष्ठले भने महानगरले अनुगमनलाई प्राथमिता दिएको भए सायद यस्तो हुदैन थियो होला । टर्मिनल भवनको बाहिरी तथा भित्री भागमा जताततै चर्केको छ ।

भवन चर्किएको विषयमा विरोध हुन थालेपछि महानगरले टालटुल गरेको छ । महानगरले नगरविकास कोषको ऋण सहयोगमा १८ वटा माइक्रोबस र ३५ वटा बस पार्किङ गर्ने स्थल, फुटपाथ, यात्रु प्रतीक्षालय, शौचालयसहितको दुईतले प्रशासनिक भवन भएको बस टर्मिनल निर्माण गरेको छ । ११ करोड ९८ लाख लागत स्टिमेटको बस टर्मिनल ८ करोड ४७ लाखमा गौरी पार्वती निर्माण सेवा काठमाडौंले ठेक्का लिई असोज १५ गते निर्माण कार्य सम्पन्न गरेको थियो ।

यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सम्बन्धीत इन्जिनियर अर्जुन थापासँग कुराकानी भैसकेको बताउदै गुणस्तरमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।

वस टर्मिनल भवन चर्किएको रहेछ हामी त्यसलाई अब गुणस्तरीय रुपमा काम गछौ उनले भने महानगरका इन्जिनियरसँग कुराकानी भईसकेको छ अब त्यसको पूर्ण गुणस्तरीयताका साथ र्ममत गरिनेछ ।वसपार्कमा सन्चालित वसले कम्पन उत्पन्न गराउदा टर्मिनल भवन भत्किएको प्राविधिकहरुले बताएका छन । दैनिक १० हजारसम्म यात्रुको ओहोर दोहोर हुने बस टर्मिनलमा शौलायसमेत निर्माण नगरिएकाले यात्रुहरुले सास्ती व्यहोर्न बाध्य छन् ।