सुख्खाग्रस्त क्षेत्रमा ‘डिप बोरिङ’ प्रविधिबाट खानेपानी 

0
Shares

इलाम ।
इलाम र पाँचथरको सिमावर्ती घुर्बिसे पञ्चमी बजारमा ‘डिप बोरिङ’ प्रविधिद्वारा खानेपानी निकालिएको छ । करिब एक हजार नौ सय मिटर उचाईमा रहेका सो क्षेत्रमा दुई सय ६५ मिटर गहिराई सम्म बोरिङ गरि ६० एमएम पाइपमा आउने पानी निकाल्न चार दिन लागेको थियोे ।
पाथीभरा सोलार एण्ड डिलिङ्ग कम्पनीले पाँचथरको फाल्गुनन्द र इलामको फाकफोकथुम गाउँपालिकाको ३० लाख रुपैयाको संयुक्त लगानीमा यस कामको थालनी गरेको उपभोक्त समिति अध्यक्षद्वय तेजबहादुर चेम्जोङले जनाकारी दिए । बजारीकरण संगै सुख्खाग्रस्त रहेको यस बजारमा खानेपानीको समस्यालाई सहज गर्न उक्त योजनाको शुरूवात गरिएको हो । पानी तान्ने मोटर जडान गर्न थ्री फेज विद्युतको लाइन विस्तार प्रक्रिया अघि बढेको र त्यस पछि पानी सुचारू गरिने समितिले जनाएको  छ ।

योजना कतिको दीर्घकालीन बन्ला भने धेरैजसोलाई चिन्ता रहेको हुँदा काम गर्ने कम्पनीले १० बर्ष सम्म आउने समस्याको जिम्मा लिएको कम्पनी संचालक कृष्ण अधिकारीले बताए । निरन्तर संचालन हुन सके यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई पिउने पानी सहजता हुने देखिन्छ ।