बालिका बलात्कारको प्रयास गर्ने भारतीय नागरिक प्रहरी खोरमा 

0
Shares

इलाम ।
बालिकालाई जबरजस्ति करणि गर्न खोज्ने एक भारतीय नागरीक मंगलबार इलाममा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारका २६ बर्षिय मुर्सिद खान रहेका छन् । जिल्लको माईनगरपालिका ३ मा मजदुरी गर्दै आएका खानले १५ बर्षिय बालिकालाई बिद्यालय जाँदै गरेको समयमा जबरजस्ति करणी गर्न खोजेका थिए ।
घटनापछि बालिकाले परिवारलाई खबर गरेपश्चात परिवारले प्रहरीलाई जानकारी गराउन साथ प्रहरीले खानलाईै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका खानलाई आवश्यक कानुनी कारवाही प्रकृया शुुरु गरीसकेको प्रहरीले जनाएको छ ।