खोटाङका किसानलाई हैरानी दिने बाँदर निकुञ्ज पुर्याईने

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउन भारतीय सिकारी टोली जिल्ला आईपुगेका छन् । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई भारतीय पेसेवार शिकारीमार्फत समातेर राष्ट्रिय निकुञ्ज पु¥याएर छाड्ने तयारी थालिएको हो ।

जिल्लाका बिभिन्न ठाउँका जंगलमा भएका बाँदरलाई खोर र जाल थापेर समात्नका लागि भारत खुसीनगर उत्तरप्रदेशका मुखतार शिकारी सहित दुई जना दिक्तेल आइपुगेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

बाँदर आतंक नियन्त्रण गर्नका लागि नियन्त्रण तथा व्यवस्थापन समितिलाई दिक्तेल रुपाकोट मझुवागढीले ५ लाख बजेट उपलव्ध गराएको छ । सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १० वटै स्थानीय तहमा पु¥याइने घिमिरेको भनाई छ ।