गर्भवती महिलालाई अण्डा

0
Shares

पाल्पा ।
यहाको एक गाउ पालिकाले गर्भवती महिलालाई स्वास्थ्य परीक्षण पश्चात पोषण प्रदान गर्न अण्डा वितरण गरको छ । जिल्लाको पूर्वी भेगमा पर्र्ने रम्भा गाउपालिकाको फेोक्सिङ्गकोटका गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक गर्भवती महिलालाई स्वास्थ्य परीक्षण पश्चात पोषण प्रदान गर्न अण्डा वितरण गरिएको गाउ पालिकाले जनाएको छ । फोक्सिङ्गकोट स्वास्थ्य चौकीमा वडा भरिका २७ जना गर्भवतीको स्वास्थ्य परीक्षण पछि प्रत्येकलाई ३०।३० वटा अण्डा वितरण गरिएको सुआहारा कार्यक्रम रम्भा गाउँपालिकाका फिल्ड सुपरभाईजर कुश्माखर पाण्डेले बताए ।

उनका अनुसार गर्भवति र गर्भको शिशुको स्वास्थ्यलाई ख्याल गर्दै गर्भवतीको पोषण, पाठेघरको अवस्था, सरसफाई जस्ता विषयमा अनमीहरु विष्णुमाया राना तथा राधा पंगेनीले परीक्षण गरेका थिए । प्रत्येक गर्भवतीले गर्भ रहेको चौथो, छैठौं, आठौं र नवौं महिनामा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्यको अवस्था पत्ता लाग्ने भएकोले स्वास्थ्य परीक्षण कार्यक्रमका साथै पोषणयुक्त खानामा जोड दिनका लागि कार्यक्रम संचालन गरिएको फोक्सिङ्गकोट स्वास्थ्य चौकीका ईन्चार्ज हजारीलाल पटेलले बताए ।

त्यसै गरि जिल्लामा विभिन्न कार्यक्रम गर्दै आइरहेको गैरसरकारी संस्था सुआहारा कार्यक्रमले महिलाहरुलाई पोषिलो खाना बनाउन टोलटोलमा स्वास्थ्य आमा समूहलाई तालिम समेत दिएको छ जस अनुुसार स्वास्थ्य आमा समूह रानीबासका ३२ जना महिलालाई भट्ट, केराउ, चना तथा अण्डाबाट सर्वोत्तम पिठो बनाउन सिकाईएको छ ।