हुचिललाई वडा पंक्षी घोषणा

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१२ मा हुचिललाई वडा पंक्षी घोषणा गरिएको छ । वडा कार्यालय जालपाले लाटोकोसेरो तथा हुचिल उत्सवको अवशरमा हुचिललाई वडा पंक्षी घोषणा गरेको हो ।

वडामा रहेका लाटोकोसेरो अनुसन्धान र संरक्षणका लागि विशेष पहल गर्दै नेपाल सरकारमार्फत अनुमोदन गराउने गरी हुचिललाई वडा पंक्षी घोषणा गरिएको वडाध्यक्ष विकास राईले वताउनुभयो ।

प्रकृतिको संरक्षणका लागि जालपामा हरेक माघ महिनाको दोश्रो हप्ताको शुक्रबार लाटोकोसेरो तथा हुचिल उत्सव मनाउने समेत घोषणा गरिएको छ । जालपाले गुलेली र ग्याँटिस पूर्ण रुपमा प्रतिवन्ध गर्ने, नगरपालिका र वडा कार्यालयबाट श्रोत जुटाएर सो क्षेत्रमा पाईने लाटोकोसेरो, पुतली, स्तनधारी, उभयचर, वनस्पती लगायतका जैविक विविधताको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । यस्तैm स्थानीय जालपा माबि र ज्योती माबि अन्तरगत गठन गरिएका इको क्लवको क्षमता अभिवृद्धि गर्दै प्रकृतिका संरक्षण गर्ने लगायतका बुँदा घोषणापत्रमा समेटिएको छ ।