महानगरका मेयरमा धर्मको मोह

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगी हिन्दु धर्ममा बिश्वास राख्छन् । उनी माडवाडी समुदायका ब्यक्ति हुन् । उनी मेयर हुनुभन्दा अगाडि पनि धर्मका बिषयमा सकृय रहन्थे उनी एक कुशल उधोगी पनि हुजन् । नेपालमा पहिलो उनले अहिले अश्वमेध गायत्री महायज्ञ आयोजना गर्दैछन् । यसलाई सफल बनाउन वीरगन्जबाट तीनवटा शक्ती कलश रथ यात्रा संचालनमा आएको छ । वीरगन्ज स्थित आर्दशनगरबाट शुरु भएको शक्ती कलश रथ यात्राको शुभारम्भ वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नै गरे ।

विधिवत रुपमा पुजा पाठ गरी वीरगन्जबाट रथयात्रा पूर्व, पश्चिम र उत्तर तर्फ प्रस्थान गरेको छ । रथयात्रा शुभारम्भ गर्दै मेयर सरावगीले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा यज्ञ गर्न लागिएकोले उत्साहजन सहभागिताको लागि नेपालवासी संग आग्रह गरे ।

यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सकिन्छ, वैज्ञानिक ढंगले संचालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने छ ।

वीरगन्जबाट शुरु गरिएको रथयात्रामा राखिएको कलशमा २४ सय तिर्थ स्थलको जल मिसाएर राखिएको छ, हरेक जिल्ला यसको प्रभावले शुद्धिकरण हुदैजान्छ । एकमहिने रथयात्रा पूर्व मेचि देखि पश्चिम महाकालि र उत्तर काठमाण्डौ, बनेपा, धुलिखेल, पोखरा लगायतको स्थानमा व्यापक रुपमा प्रचार प्रसार गरि यज्ञमा सहभागिता जनाउन सवैमा आहवान समेत गरिने यज्ञका प्रचारक राजेश्वर सिंहले बताए ।

फाल्गुन १९ गते शुरु भई २२ गते सम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाख भन्दा बढीको सहभागिता हुने छ र यसमा कुल लागत २ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले जनाएको छ ।