विवेश म्यानहन्ट इन्टरनेसनल नेपाल

0
Shares

राजधानीमा आयोजित प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९ मा विवेश श्रेष्ठले प्रतियोगिताको शीर्ष उपाधि चुमेका छन्। १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै विवेशले मिस्टर फिजिकको अवार्ड पनि जिते। विवेशले उपाधि जितेबापत नगद एक लाख तथा बाइक पुरस्कार प्राप्त गरे। उनले उपाधि विजेता भएबापत आगामी जुनमा अस्ट्रेलियाको सिड्नीमा ग्ल्याम नेपाल इन्टरनेसनलले आयोजना गर्ने ग्ल्याम नेपाल फेसन विकमा स्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगिताको अन्तिम पा“चमा पर्न सफल सञ्जय चन्द, प्रशान्तजंग शाह, सनौज पौडेल र आर्यन सिटौलामध्ये प्रशान्त मिस्टर इन्टरनेसनल नेपाल २०१९ का रूपमा पुरस्कृत भए भने आर्यन मिस्टर ग्लोबल नेपाल २०१९ भए। विवेश, प्रशान्त र आर्यन तीनैजनाले आ–आफूले जितेको उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रशान्त र आर्यनले क्रमशः नगद ५० र २५ हजार प्राप्त गरेका थिए। ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईईको आयोजनामा भएको पुरुषहरूको प्रतियोगितामा रवि चन्दले मिस्टर पपुलर तथा मिस्टर बेस्ट हेयरको अवार्ड हात पार्न सफल भए भने समीर प्रधान गुरुङ मिस्टर फ्रेन्डसिप अवार्डका हकदार बने। त्यसै गरी सञ्जय चन्द मिस्टर ट्यालेन्ट, अनिश महर्जन मिस्टर पर्सनालिटी तथा अश्मित दाहाल मिस्टर फोटोजेनिकका रूपमा चयन भए। प्रतियोगिता अनुप सक्सेनाको कोरियोग्राफी तथा पूर्व म्यानहन्ट विजेता सनिश शाक्यको सहकोरियोग्राफीमा भएको थियो।