साउदीको स्रोतलाई नेपालमा लगानी गर्न आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताउनु भएको छ । सोमबार अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदँत मुसैदविनसुलेइमन आइ मारवानसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले सो कुरा बताउनु भएको हो ।

अर्थमन्त्री खतिवडाले साउदी अरेवियासँग भएको स्रोत नेपालमा लगानीको लागि राम्रो अवसर भएकाले समयमै पँर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले गरेको सहयोगको आभारी प्रकट गर्दै उहाँले करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत रहेको हुँदा साउदी अरेबिया नेपालीका लागि दोस्रो घर भएको उल्लेख गर्नु भयो ।
साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यँनीकरण, शिक्षा, स्वास्थ्य र जीवनको सुधारमा महत्वपँर्ण भँमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेको अर्थमन्त्री खतिवडाको भनाई थियो ।

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दँतावासमार्फत सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभयो ।

नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेको जानकारी गराउँदै साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउने र नेपाली कामदारलाई सीधै आवतजात गर्न सहज हुने उहाँले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दामा साउदी अरेबियाले नेतृत्वदायी भँमिका खेल्न अर्थमन्त्री खतिवडाले साउदी अरेबियालाई शुभकामनासमेत दिनुभयो ।

भेटमा साउदी अरेबियाका राजदँत मुसैदविनसुलेइमन आइ मारवानले साउदी अरेबिया फन्डमार्फत नेपालमा भँकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिनुभयो ।

नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदँतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

दुई देशको कँटनीतिक तथा राजनीतिक सम्बन्ध अझै प्रगाढ र बलियो बनाउन साउदी सरकार तयार भएको भन्दै राजदँतले श्रमिकहरुका सम्बन्धमा हुन लागेका सम्झौता चाँडै निष्र्कषमा पुग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपाल–साउदी अरेबियाको कुटनीतिक सम्बन्ध चार दशकदेखि रहेको बताउँदै साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारको महत्वपँर्ण भँमिका भएकोमा राजदँतले खुशी व्यक्त गर्नुभयो ।