भाउजु करणी गर्ने पक्राउ

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको सुन्दरबजार नगरपालिका– ७ मा डेरा गरी बस्ने खबहादुर(नाम परिवर्तित)लाई प्रहरीले भाउजुलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।

गोरखा स्थायी ठेगाना भई हाल सुन्दरवजार– ७ वस्ने वर्ष पीडित महिलाका श्रीमान ४७ वर्षीय सीपबहादुर(परिवर्तित नाम)को जाहेरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रतिवादीले अत्याधिक मा.प.से. गरी दाइ काममा गई घर नफर्किएको मौका पारी भाउजु मात्रै भाडाको कोठामा रहेको मौका छोपी जवर्जस्ती करणी गरी भागेको रहेछन् ।

घटना लगत्तै डेरामा पीडित महिलाले आफ्ना श्रीमान र प्रहरीलाई खवर गरेको, इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ । तत्कालै इलाका प्रहरी कार्यालय अन्तरगत सुन्दरवजार प्रहरी चौकीबाट पीडकलाई पक्रन प्रहरी टोली परिचालन भएको थियो ।

प्रहरी टोलीले घट्ना घटेरकै वरिपरिलुकिछिपि वसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यलयमा ल्याई पु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनु भयो । उहाँका अनुसार पीडकका विरुद्धमाख जबरजस्ती र हातनाता करणीका मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।