छायांकार हुमागाईंको निर्देशनमा सरौतो

0
Shares

सरौतो नाममा फिल्म निर्माणको घोषणा गरिएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमका बीच एक्सन जनरामा बन्ने फिल्म छायांकार हरि हुमागार्इंले निर्देशन गर्ने घोषणा गरिएको छ।

हरिले यसअघि केही विज्ञापन र म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन्। स्क्वायर वान क्रिएसन र राइजिङ फिल्म्स एन्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण हुने फिल्ममा सहनिर्माताका रूपमा श्री महर्जन रहेका छन्। एक्सन र बदलाको कथामा बन्ने फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङम शाह, लियो ट्यांक, मनिषा पुनमगर, प्रतीक दुलाल, मनोज तामाङलगायतले अभिनय गर्नेछन् भने राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, राजकुमार उप्रेतीको एक्सन, राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोसिस क्षेत्रीको संगीत रहनेछ। काठमाडौं, सिम्रौनगठलगायतका स्थानमा फिल्म भोलि मंगलबारदेखि छायांकनमा जानेछ।

सुमी मोक्तानले फिल्ममा आफू एक्सन र ग्ल्यामर भूमिकामा देखिने बताइन्। नवनिर्देशक हरि हुमागाईंले छायांकारको रूपमा सिकेको कुरालाई म्युजिक भिडियो निर्देशनमा समेट्दै आए पनि अब त्यो अनुभवले फिल्म निर्देशन गर्ने बताए। ‘अब फिल्म निर्देशनमा आउँदै छु। तर यसमा काम भने हामी सबैले गर्ने हो। टिमको साथ र सहयोगले हामीले यतिबेला सोचेको कथालाई पर्दामा देखाउन सक्छौं भन्ने विश्वास छ’ –उनले भने।