टी–२० आई सिरिजमा नेपाल विजयी


नेपाल समाचारपत्र, काठमाडौं
युएई विरुद्धको तेस्रो तथा अन्तिम टि–२० अन्तर्रा्ष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ ।

यससंगै युएई विरुद्धको तीन खेलको टी–२० अन्तर्रा्ष्ट्रिय सिरिज पनि नेपालले जितेको हो । यसअघि नेपालले ओडिआई सिरिज पनि २–१ ले नै जितेको थियो ।

आइतवार वर्षाका कारण प्रभावित तेस्रो टी–२० अन्तर्रा्ष्ट्रिय खेल १० ओभरमा छोट्याइएको थियो । दुवईस्थित आइसीसी एकेडेमी मैदानमा वर्षाका कारण खेल तोकिएको समयमा सुरु हुन नसकेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । जवाफमा १०५ रनको लक्ष्य पछ्याएको युएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चे पनि करण केसी र अभिनाश बोहराले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए । करण र अभिनाशले दुई–दुई विकेट लिएका थिए । ललित राजवंशीले पनि २ विकेट लिए ।

नेपालले पहिलो ओभरमै विकेट गुमाएपनि कप्तान पारस खड्का, सन्दिप जोरा, विनोद भण्डारी र करण केसीले नेपालको स्कोर सय रन कटाउन मद्दत गरे । नेपालको लागि कप्तान पारस खड्काले १४ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक २९ रन बनाए ।

युवा खेलाडी सन्दिप जोराले ११ बलमा ३ छक्का प्रहार गर्दै १८ रन जोडे । विनोद भण्डारीले १३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए भने करण केसीले ५ बल खेलेर १ छक्का प्रहार गर्दै १० रन जोडे । ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन बनाए ।

पहिलो ओभरमै पवन सर्राफलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेको थिएन । २१ रन हुँदा ३ विकेट गुमाएको नेपालको स्कोर उकास्न कप्तान पारस र सन्दिप जोराले चौथो विकेटका लागि ३३ रनको महत्वपूर्ण साझेदारी गरे । यस्तै सन्दिप जोरा र विनोद भण्डारीले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । यी दुई साझेदारी नै नेपालको स्कोर १ सय रन भन्दा बढी भएको हो ।

युएईका कप्तान मोहम्मद नाभिदले २ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । अमिर हायतले पनि २ विकेट लिए । युएईले सन्दीप लामिछानेको पहिलो ओभरै २० रन जोड्दै उत्कृष्ट सुरुवात गरेका थिए । गुलाम शोब्बरले सन्दीपलाई सुरुको दुई बलमै छक्का र चौका प्रहार गरेका थिए । सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा अस्फाक अहमदलाई करण केसीको हातबाट क्याचआउट गराउदै युएईको २९ रनको साझेदारी तोडेका थिए ।
दोस्रो विकेटका लागि शोब्बर र साइमन अनवरले २८ रनको साझेदारी गरे । पाँचौ ओभरमा अभिनाश बोहराले शोब्बरलाई बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।

छैटौँ ओभरमा सन्दीप लामिछानले मुहमद उस्मानलाई सन्दिप जोराको हातबाट क्याचआउट गरेका थिए । युएईको स्कोर अगाडि बढाइरहेका अनवरलाई करण केसीले आठौँ ओभरको पहिलो बलमै ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट गराएपछि नेपालले खेलमा पुनरागमन ग¥यो ।

२० बल खेलेका अनवरले २ चौका र २ छक्का प्रहार गर्दै सर्वा्धिक ३० रन बनाए पनि युएईलाई जितसम्म पु¥याउन सकेनन् । आठौँ ओभरकै तेस्रो बलमा करणले युएईका कप्तान मोहम्मद नाभिदलाई पवन सर्राफको हातबाट क्याचआउट गराएका थिए । यस्तै नवौँ ओभरमा अभिनाश बोहराले युएईका महुम्मद बुतालाई ज्ञानेन्द्रको हातबाट क्याचआउट गराए ।

दुवै सिरिजमा नेपालले पहिलो खेल हारेपनि पुरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जितेको हो । नेपालले समग्रमा युएईसँग ६ खेल खेल्दा ४ खेल जित्यो । पहिलो टी २० मा २१ रनको हार बेहोरेको नेपालले दोस्रो टी–२० चार विकेटले जितेको थियो ।

अघिल्लो हप्ता युएईलाई नै हराउँदै पहिलो पटक ओडिआई सिरिज जितेको नेपालले टी–२० आई सिरिज पनि पहिलो पटक जितेको हो ।
अभिनाश ’म्यान अफ दि सिरिज’

अभिनाश बोहरा टी–२० सिरिजको म्यान अफ दि म्याच घोषित भएका छन् । नेपालको लागि तीन वटै खेलमा विकेट लिएका फास्ट बलर अभिनाश बोहरा टी–२० सिरिजको म्यान अफ दि म्याच घोषित भएका हुन् ।

युएई टुरबाटै पहिलो पटक नेपालको सिनियर टिममा स्थान बनाएका अभिनाशले ५० ओभरमा खेल्ने अवसर नपाएपनि टी–२० मा भने पहिलो खेलमै डेब्यु गर्ने अवसर पायो । पहिलो खेलमा ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका अभिनाशले त्यसपछि दुई खेलमा उत्कृष्ट बलिङ गरेक थिए ।

दोस्रो खेल नेपालले ४ विकेटले जित्दा अभिनाशले ३ विकेट लिएका थिए। टी–२० मा डेथ ओभर स्पेशलिस्ट मानिने अशिनाशले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चिएका थिए । यस्तै १० ओभरमा छोट्याएका तेस्रो खेलमा उनले २ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिए । यस्तै तेस्रो खेलमा १० रन बनाउनुका साथै २ विकेट लिएका करण केसी म्यान अफ दि म्याच घोषित भए ।