एनसेलको ‘गज्जबको डेटा प्याक’

0
Shares

काठमाडौं, (नेस)
एनसेलका ग्राहकले अब सुलभ दरका नयाँ अल टाइम प्याकमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक नयाँ डेटा प्याक ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबीदेखि ३ जीबीसम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्नेछन् ।

गज्जबको डेटा प्याक माघ २१ गते सोमबारबाट लागँ हुने कम्पनीले जनाएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समय सिमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु.१५ (रु १९.१५ करसहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समय सिमा रहेको २०० एमबी डेटा प्याक रु. ३५ (रु. ४४.६९ करसहित) मा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ५०० एमबी डेटा प्याक रु. ७५ (रु ९५.७७ करसहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समय सिमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समय सिमा रहेको तीन जीबी डेटा प्याक रु. ३५५ (रु ४५३.३०करसहित) मा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यस्तै एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ ।

गज्जबको डेटा प्याकअन्तर्गत ल्याइएको नयाँ अल टाइम डेटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिनदेखि ९० दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ ।