कञ्चनपुरका किसानले उखु नबेच्ने

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
सरकारले निर्धारण गरेको उखुको न्यँनतम मँल्यसमेत नपाएर समस्यामा परेका कञ्चनपुरका किसानले अब उखुको बिक्री नै बन्द गर्ने निर्णय गरेका छन् । कञ्चनपुरको बेलौरीका किसानले सरकारले निर्धारण गरेको न्यँनतम मँल्य र सहज रुपमा कटान अनुमति नपाएसम्म उखुको निकासी नै बन्द गर्ने निर्णय गरेका हुन् ।

कटान गरिएको उखु समयमै चिनी मिलमा बिक्री गर्ने र समस्या समाधान नभएसम्म कटान नै बन्द गर्ने निर्णय भएको उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका अध्यक्ष हरि चन्द ठकुरीले बताउनुभयो ।
चिनी मिल र बिचौलियाको चंगुलमा परेका कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु किसानले अब संगठित हुँदै आफ्ना समस्या समाधानका लागि पहल गर्न शुरु गरेको किसान मानबहादुर चन्दले बताउनुभयो । चिनी मिलले सरकारले निर्धारण गरेको उखुको न्यँनतम मँल्यमा प्रतिक्विन्टल १ सय २५ रुपियाँसम्म घटाएर खरिद गर्न थालेका छन्, किसानलाई उखु कटानका लागि अनुमति पाउन पनि ठँलै समस्या हुने गरेको छ ।

तिनै समस्या समाधानका लागि जिल्लाको बेलौरी, बेल्डाडी, लालझाडी र पुर्नवास नगरपालिकाका झण्डै ५ सय जना किसानको भेलामा समस्या समाधानका लागि छलफल भएको हकहित संरक्षण समितिका अध्यक्ष ठकुरीले बताउनुभयो ।

सरकारले उखुको मँल्य एउटा मात्रै तोकेप नि चिनी मिलहरुले आफँखुशी उखुको वर्गीकरण गरी फरक–फरक तीन प्रकारका मँल्य तोकेकाले सरकारको निर्णय उखु मिलले पालना गर्नुपर्ने सर्त किसानको रहेको छ ।
उनीहरुले कटान अनुमतिमा बिचौलियाको रजाई भएकाले किसानले सहज रुपमा अनुमति पाउनुपर्ने पनि माग गरेका छन् । चिनी मिलबाट उखु कटानको अनुमति नपाएर धेरै किसानले उखु काट्न पाएका छैनन् । तर, भारतबाट धमाधम उखु भित्रिरहेको छ । सरकारले उखुको न्यँनतम खरिद मँल्य प्रतिक्विन्टल ५ सय ३६ रुपियाँ निर्धारण गरे पनि कञ्चनपुर जिल्लाका किसान भने झण्डै १ सय २५ रुपियाँ कम मँल्यमा उखु बिक्री गर्न बाध्य छन् ।

नेपाली किसानले कटानको अनुमति नपाएको अवस्थामा बिचौलियामार्फत भारतीय किसानले उखु कटानको अनुमति पाईरहेका छन् । जस्ले किसानले लगाएको उखु पनि काट्न पाएका छैनन् भने यो सिजनमा गहुँ खेती पनि लगाउन छुटेको छ ।

उखु किसानहरुको हकहितका लागि विभिन्न स्थानमा खोलिएका संरक्षण समिति र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि किसानहरुको भेलामा सहभागिता रहेको थियो। दक्षिणी क्षेत्रका चारवटै स्थानीय तहका जनप्रतिनिधिहरुले चिनी मिललाई सरकारको निर्णय कार्यान्वयन गर्न दबाब दिने पनि आश्वासन दिएका छन् ।

स्थानीय तहले चिनी मिललाई सहज रुपमा कटान अनुमति दिन र सरकारले तोकेको मँल्यमै उखु खरिद गर्न आग्रह गर्ने तयारी भइरहेको कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष हरिलाल चौधरीले बताउनुभयो ।

उखुबारीमा आगलागी
कञ्चनपुरको दक्षिणी क्षेत्रमा किसानको उखुबारीमा आगलागी भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा विक्रम चन्दको ५ बिगाहको उखु बारी र मोतीबस्तीमा सुम्पा तामाङले खेती गरेको एक बिगाह उखु बारीमा आगो लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख कर्ण बहादुर बमले बताउनुभयो ।

शनिबार चन्दको उखु बारीमा काटिसकेको उखुको पात जलाउने क्रममा हावाको कारणले नकाटेको उखुमा आगलागी भएकोे हो ।