फोरजी सेवा विस्तार गर्न जेडटीई र सीसीएसआईसँग नेपाल टेलिकमको सम्झौता

0
Shares

काठमाडौं, (नेस)
फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमले चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न गरेको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सँचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा कम्पनी सो सम्झौता गरेको जनाएको छ ।

टेलिकमका अनुसार फोरजी÷एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ¥यानको लागि सो सम्झौता भएको हो ।

छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । नेपालभर ६५ लाख क्षमताको फोरजी÷एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

¥यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिनेछ । सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुने बताइएको छ । नेपाल टेलिकमले मुलुकमै पहिलोपटक २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो ।