बैंकरहरुबीच फेरि ‘भद्र सहमति’, निक्षेप नवीकरण गर्दा ब्याज बढाउन पाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
वाणिज्य बैंकहरुबीच निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने सहमति भएको छ । आइतबार नेपाल बैंकर्स संघको बैठकले सो सहमति गरेको हो।
एकले अर्का रहेको संस्थागत निक्षेप खोस्न बैंकहरुबीच प्रतिस्र्धा भएपछि आइतबार २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को बैठकमा संघले यस्तो निर्णय गरेको हो । करिब डेढ महिना अघि निक्षेपको ब्याजदरमा एकरुपता ल्याउन बैंकरहरुबीच भद्र सहमति भएको भए पनि केही दिन अघिदेखि भद्र सहमति तोडिएको विषयमा बैंकरहरुबीचमा व्यापक छलफल भएको थियो । विगतको सहमतिका बारेमा छलफल गर्न बसेको बैंकर्स संघको बैठकले निक्कै माथापिच्छे गरेर अन्नतःनिक्षेप नवीकरण गर्दा शँन्य दशमलव १ प्रतिशत ब्याज बढाउन पाइने निर्णय भएको छ ।

यसअघि संस्थागत निक्षेपकर्तालाई ८ दशमलव ५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९ दशमलव ५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए । बैंकहरुमा कर्जा र निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) दबाब पर्दा बैंकहरुले बेला–बेलामा आफँहरुबीच भएको भद्र सहमति तोड्ने गरेका छन् । सीसीडी रेसियोमा दबाब भएपछि ब्याजदरमा प्रतिस्पर्धा भएकाले राष्ट्र बैंक र अर्थ मन्त्रालयले समेत दबाब दिनुपरेको थियो ।

आइतबार भएको सहमति पनि दिगो रहनेमा धेरैले आशंका गरेका छन् । एक महिनाभित्र केही बैंकमा रहेको संस्थागत निक्षेप नवीकरण गर्ने समय आएको स्थितिमा त्यो अर्कोले खोस्न सक्ने अवस्था विद्यमान रहेको छ । सहमति तोड्ने बैंकलाई अन्तर सापटी नदिने, विदेशी मुद्रा सटहीमा सहयोग नगरी एक्ल्याउने अर्को सहमति भए पनि त्यो कार्यान्वयनमा आउनेप्रति भने स्वयम् बैंकरहरु नै आश्वस्त हुन सकेका छैनन् । सहमति तोड्ने बैंकलाई कारबाही गर्न बैकर्स संघमा कानुनी आधार नभएपछि एक्ल्याउने अनौपचारिक सहमति भएको स्रोतले नेपाल समाचारपत्रलाई बतायो ।

 

मार्जिन ऋणले पनि आकर्षित गर्न सकेन
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक ८ दशमलव ५७ अंकले गिरवाट आएको छ । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरूमार्फत मार्जिन ऋण दिने व्यवस्था तथा मार्जिन धितोको सिमा बढाएको अवस्थामा आइतबार नेप्से बढ्ने अपेक्षा गरिएको थियो । तर, यसले लगानीकर्तालाई आकर्षित गर्न नसक्दा समग्र नेप्से परिसँचक १ हजार १५३ दशमलव शँन्य ६ को बिन्दँमा ओर्लिएको छ ।

यस दिन कुल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ रुपियाँमा कारोबार भएको छ । कारोबार रकम औसतमा राम्रो मानिन्छ । आइतबार कारोबारमा आएका समँहमा व्यापार समँहबाहेक सबै समँहमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समँह ३७ दशमलव ५३ अंकले ओरालो लागेको छ । व्यापार समँह २ दशमलव ८७ बिन्दँले बढेको छ । यस्तै बैंकिङ समँह ५ दशमलव ६४, होटल समँह १७ दशमलव २५, विकास बैंक समँह ८ दशमलव ७१, जलविद्युत् समँह १८, वित्त समँह १ दशमलव शँन्य २, निर्जीवन बीमा ३६ दशलव ३१, उत्पादन १८ दशमलव ५३, अन्य १२ दशमलव ३८, लघुवित्त २ दशमलव ८ बिन्दँले घटेको छ ।

त्यस्तै सबैभन्दा धेरै माछापुच्छे« बैंकको संस्थापकतर्फ ५ करोड ९३ लाख ५ हजार ४४८ रुपियाँको कारोबार भएको छ । यस दिन विजय लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सँर्योदय लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, एभरेष्ट इन्स्योरेन्स कम्पनी, विशाल बजार कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै कमाउँदा सानिमा इक्विटी फन्ड, आरम्भ माइक्रो फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । साथै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि १ दशमलव ७२ अंकले घटेर २४५ दशमवल शँन्य ८ अंकमा झरेको छ ।