सिटिजन्स बैंकको कोर बैंकिङ सफ्प्टवेयर प्रतिस्थापन

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले बैंकको कोर बैंकिङ सफ्प्टवेयर भर्सन १०. २. १८ मा प्रतिस्थापन गरेको छ । आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर बैंकिङ सिस्टममा लग इन गरी उक्त फाइनान्स सफ्प्टवेयर को सुचारु गर्नु भएको थियो ।

ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको बैंकले पुमोरी आईभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्ध इन्फोसिस कम्पनीको कोर बैंकिङ सफ्प्टवेयर भर्सन १०. २. १८ मा प्रतिस्थापन गरिएको जनाएको छ ।

बैंकका अनुसार विश्वको करिब ४५ वटा मुलुकमा यो प्रविधिको प्रयोग गरिएको छ भने नेपालका अन्य वाणिज्य बैंकहरुले पनिे प्रयोग गर्दै आएका छन् । अत्याधुनिक इन्टरनेट बैंकिङको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।