नेपाल समाचारपत्र, काठमाडौँ ।
विश्व क्यान्सर दिवसका अवसरमा बसन्तपुरमा र्याली निकालिएकाे छ । उक्त र्याली नेपाल अर्बुद रोग निवारण संस्थाले आयोजना गरेको हो ।
उक्त र्याली शनिबार विहान बसन्तपुरबाट शुरु भई हनुमान ढोका, मखन, इन्द्रचोक, असन भोटाहिटी, वीर अस्पताल, न्युरोड गेट हुँदै पुनः बसन्तपुरमा आएर विसर्जन गरिएको हो ।
सो र्यालीमा नेपाल अर्बुद रोग निवारण संस्थाका सभापति अजयसिंह सुवाल, निवर्तमान सभापति भागवत श्रेष्ठ, उपाध्यक्ष शरिगोपाल प्रधान, मिस नेवाः रिजु श्रेष्ठसहित कार्यसमति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

त्यस्तै र्यालीमा फ्लाईटेक इन्टरनेशनल एयर होस्टेजका अध्यक्ष नाजिर हुसेन र इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोनोजीका अध्यक्ष फुपु टेञ्जिङ शेर्पाका साथै इन्टरनेशनल एयर होस्टेज र फेसन टेक्नोनोजीका छात्राहरु गरि करिब १०० जनाको सहभागिता रहेको थियो ।
उक्त र्याली कार्यक्रम संस्थाका सभापति अजयसिंह सुवालको सभापतित्वमा सम्पन्न भएको हो ।











प्रतिक्रिया