काठमाडौँ ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका शिरिष कर्माचार्य र सोहि ठाउँका सरदराज भण्डारी रहेका छन् ।
उनीहरुलाई प्रहरीले आइतबार विहान ६ बजे भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु१ख ९९८५ नम्बरको यात्रुबाहक सवारीलाई चेकजाँच गर्दा डाईजेपाम, फेनरागन र नुफिन गरी १६१ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो ।
यसै गरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले पर्सा विरगंजका धन्नजय कुमार कर्णकार र ज्ञानी थापामगरलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ ।
उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा फेनरागन, नुफिन र डाईजेपामा गरी ५ सय ५६ एम्पुल अवैध लागुऔषध सहित पक्राउ गरेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।











प्रतिक्रिया