बृहस्पतिको रोड रेस


काठमाडौं, (नेस)
बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार रोड रेस र वाकाथन आयोजना गरेको छ। पाँच किलोमिटर दूरीको दौडमा कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो। खुला वाकाथनमा करिब ५ सयले सहभागिता जनाएको
आयोजकले जनायो।

कक्षा ५ को ब्वाइजमा सुनिल ओली र गल्र्समा जेनी, कक्षा ६ को ब्वाइजमा अजुर प्रसाईं र गल्र्समा लुनिभा तुलाधर, कक्षा ७ को ब्वाइजमा अमूल्य प्रसाईं र गल्र्समा साम्राज्ञी पोखरेल, कक्षा ८ को ब्वाइजमा लुवज धुन्जु र गल्र्समा संज्ञा थापा तथा कक्षा ९ को ब्वाइजमा अंकुश अधिकारी र गल्र्समा अलिना श्रेष्ठ पहिलो भए।