तिलोत्तमा गोल्डकप फागुनमा


बुटवल, (नेस)
तिलोत्तमा गोल्डकप नक आउट फुटबल प्रतियोगिताको २१औं संस्करण आउँदो फाल्गुन २ गतेदेखि बुटवलमा हुने भएको छ। फाल्गुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय टिमसहित रूपन्देही ११, झापा ११ र दुई विदेशी टिम गरी १० टिमको सहभागिता रहने छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घबहादुर केसीले प्रतियोगिता सम्पन्न गर्न १ करोड २ लाख रुपियाँ लाग्ने बताए। जसमा बुटवल उपमहानगरपालिकाले १० लाख रुपियाँ उपलब्ध गराउनेछ।

प्रतियोगिताको विजेताले ८ लाख ८० हजार नगद र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल तथा विभिन्न विधामा उत्कृष्ट हुनेलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।