नर्स दौडमा मुना पहिलो


काठमाडौं, (नेस)
न्यु अस्पतालकी मुना श्रेष्ठ दोस्रो नर्स एथ्लेटिक्स मिटको १ सय मिटर दौडमा शनिबार पहिलो भएकी छन्। डा। खगेन्द्र स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौडमा सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव तथा ४ सय मिटर रिलेमा नेपाल प्रहरी अस्पतालले स्वर्ण जिते। ३ किलोमिटर रोड रेसमा प्रहरी अस्पतालकी खुसी हिराचन पहिलो बनिन्। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतियोगितामा विभिन्न २७ अस्पतालका २ सय ५ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।